बालकुमारी घटनाकाे छानबिन गर्न कांग्रेसले माग्यो उच्चस्तरीय न्यायिक आयोग
काठमाडौं- सत्तागठबन्धन घटक नेपाली कांग्रेसले बालकुमारीमा दुई युवाको मृत्यु भएको विषयमा छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति बनाउन सरकारसँग माग गरेको छ ।
केन्द्रीय कमिटीको बैठकले सत्यतथ्य छानबिनको लागि समिति बनाउन माग गरेको हो ।
गत शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा वञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो । घटनाको छानबिन गर्न यसअघि गृह मन्त्रालयले समिति गठन गरिसकेको छ ।
प्रकाशित मिति: आइतबार, पुस १५, २०८० १४:१३
प्रतिक्रिया दिनुहोस्