घुसबिना कामै नहुने भएपछि पूर्वअरनिको यातायात नचल्ने स्थितिमा
काठमाडौं– सरकारी अड्डा र प्रहरीलाई घुस दिनुपर्ने बाध्यताले पूर्वअरनिको यातायात व्यावसाय नचल्ने अवस्थामा पुगेको छ।
व्यावसायीले आइतबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन्। अरनिको बसपार्क जडिबुटीमा गरिएको पत्रकार सम्मेलनका क्रममा अध्यक्ष केदार क्षेत्रीले सरकारी निकायले दुख दिएका कारण यातायात बन्द गर्नुपर्ने स्थितिमा पुगेको बताए।
उनले सिन्धुलीमा सवारी दुर्घटना हुदाँ दुईजनाको मुत्यु भएको स्वीकार गरे पनि गाडी जल्दा प्रहरीले सुरक्षा नदिएको कार्कीको गुनासो छ।
उनले भने,‘मन्त्रीको गाडी जल्दा दुई युवाले ज्यान गुमाउनु पर्ने, यता व्यवसायीको गाडी जल्दा प्रहरीले सुरक्षा दिन नपर्ने, यो कस्तो न्याय हो।’
आक्रोशित मुद्रामा उनी भन्छन्,‘युवाले चलाएको सवारी हाम्रो बसमा आएर ठोकीदाँ मोटरसाईकल बस भित्र छिर्न गएको हो। यसमा परिवारको र अरनिको यातायातबीच छलफल भई हामीले समस्या सुल्झाई सक्यौँ। हाम्रो क्षतीबारे प्रहरीले निवेदन नै लिन मानिरहेको छैन । निवेदन बुझाउन पनि घुस खुवाउन पर्ने?’
सोमबार सोही घटनामा मोटरसाईकल चालक खोटाङ तुवाचुङ नगरपालिका–२ का कुमार राई र खोटाङको दिक्तेल नगरपालिका–१० की १८ वर्षी मुनाकला राईको मृत्यु भएको थियो।
घटना लगतै मन्थली नगरपालिका–१३ का फुलासीका २४ वर्षीय बसचालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। हाल अरनिको यातायातले २ हजार भन्दा बढी युवाहरुलाई रोजगारी दिईरहेको छ।
अध्यक्ष क्षेत्री भन्छन्,‘अरनिको यतायात बसपार्कमा दैनिक १० हजार आउने जाने गरिरहेका हुन्छन्। देशमा चालकको पनि खडेरी छ। प्रायः वैदेशिक रोजगारीमा गएका छन्।’