Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालकुमारी घटनाकाे विरोधमा सुर्खेतमा प्रदर्शन, सवारी साधन ठप्प

आइतबार, पुस १५, २०८०

सुर्खेत- शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाकाे विषयमा सुर्खेतकाे वीरेन्द्रनगरमा पुनः आन्दोलन चर्किएको छ । शुक्रवार प्रदर्शनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर आन्दोलन चर्किएको हाे। ‘युवा विद्रोही’ समूहले आइबार सवारी साधन ठप्प गर्दै राजधानीको मुख्य सडक चक्काजाम गरेको छ।

रत्न राजमार्ग अन्तर्गत एरिचोक–मंगलगढी चोकको अवस्था अहिले तनावग्रस्त छ। त्यहाँ कुनैपनि सवारी साधनहरू चलिरहेका छैनन् ।यही ठाउँमा शनिबार पनि आन्दोलन गरिएको थियो। शनिबार नै समूहले आइतबार सुर्खेतमा सवारी साधन बन्द गर्ने घोषणा गरेको थियो । सोही अनुसार अहिले दिउँसो १२ बजेदेखि आन्दोलन सुरु भएको हो।

आन्दोलनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन्। साथै मृतक युवाहरूलाई सहिद घोषणाको माग गरेका छन्। त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालन पालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने पनि युवाहरूको माग छ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्