Nic Ad Nic Ad
Nic Ad Nic Ad
हुन्डाई न्यू इयर डिलाइट–२०२४ योजना

लक्ष्मी इन्टरकन्टिनेन्टलको ‘हुन्डाई न्यू इयर डिलाइट–२०२४’ योजना सुरू

सोमबार, पुस १६, २०८०

काठमाडौँ– हुन्डाई अटोमोबाइल्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अंग्रेजी नयाँ वर्षलाई मध्यनजर गर्दै हुन्डाई न्यू इयर डिलाइट–२०२४ योजना सार्वजनिक गरेको छ ।

ग्राहकमुखी उक्त योजना आजबाट नेपाल भरका सबै शोरूमहरूमा सुरू भएको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले ५ लाख रूपैयाँसम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजार रूपैयाँसम्मको गो–ग्रीन बोनसका साथै गाडीको  मोडल इएरको आधारमा ५ लाख रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

यस योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् ।

सबै हुन्डाई आईसीई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिंग र ईभी गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुने कम्पनीले बताएको छ । यस स्किमबाट हुन्डाईको कुनैपनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरि फाइदा लिन सकिनेछ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्