Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथि बनाउन धरानका मेयर हर्क साम्पाङको दबाब दिने जुक्ति

मंगलबार, पुस १७, २०८०

धरानचर्चा विवादमा रहने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथि बनाउनका लागि कार्यकक्षबाट तस्बिर हटाएको बताएका छन्।

धरानको स्थापना दिवसका अवसरमा उनले प्रचण्डलाई प्रमुख अतिथिका लागि आमन्त्रण गर्दा समय छैन भन्ने उत्तर पाएपछि दबाब दिनका लागि यो जुक्ति निकालेका हुन्।

धरानका राजनीतिक दलका नेताकार्यकर्ता साम्पाङको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेलको तस्बि राख्न जाँदा भएको वार्ताका क्रममा पनि यहि सर्त अघि सारिएको छ। 

धरानलाईसंघीय सरकारले वास्ता नगरेको भन्दै पुस १२ गते मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति प्रधानमन्त्रीको फोटो हटाएका थिए। त्यो ठाउँमा किराँती राजा यलम्बरसहित बुद्धको तस्बिर राखेर सांकेतिक बिरोध दबाब दिइएको साम्पाङको उक्ति छ।

धरानका राजनीतिक दलहरूले मेयर स्वेच्छाचारी बनेको भन्दै विरोध जनाएका थिए। धरानमा यसपटक पुस २० देखि स्थापना दिवस मनाउने तयारी चलिरहेको छ।

स्वतन्त्र उम्मेदवार भएर जितेका कारण प्रधानमन्त्रीले भाउ नै नदिएको साम्पाङको बुझाई रहेको दलका प्रतिनिधिले जनाएका छन्।

स्थापना दिवसमा आइदिनुहोस् भन्दा समय छैन भनियो। धरान नेपालभित्र कि छैन भनेर सोध्नका लागि पनि प्रधानमन्त्री राष्ट्रपतिको तस्बिर हटाएको हुँ, साम्पाङले एउटा सार्वजनिक कार्यक्रममा भने,‘होइन भने तस्बिर राँखिदैन। धरान पनि नेपाल हो भन्ने लाग्छ भने स्थापना दिवसमा आउनुपर्छ अनि मात्र तस्बिर राखिन्छ।

साम्पाङ यस्ता उदेक लाग्दा गतिविधिका कारण सँधै चर्चा विवादमा रहँदै आउने मेयर हुन्। तर, श्रमदान गरी धरानमा पानी ल्याएका कारण उनको चर्चा पनि हुने गरेको छ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्