Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु, ज्यान गुमाउनेकाे संख्या १० पुग्याे

बुधबार, पुस १८, २०८०

काठमाडौं - रुसी सेनामा कार्यरत थप ३ जना नेपाली नागरिकको मृत्यु भएको छ। रुस–युक्रेन युद्धमा थप तीनजना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नं ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको जानकारी दिए।

यसअघि रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा–१ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार–५ स्याङ्जाका पितम कार्की, मेलुङ–६ दोलखाका राजकुमार रोका, इलाम–५ इलामका गङ्गाराज मोक्तान र कुन्दन सिंह नागलको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। याे सँगै रुसी सेनामा भर्ती भएका १० नेपाली युवाले ज्यान गुमाएका छन्।

 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्