Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीपलाई अदालतले सजाय तोकेपछि मात्रै क्यानले निर्णय गर्ने

बिहीबार, पुस १९, २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुस २५ गतेपछि मात्र सन्दीप लामिछानेबारे औपचारिक निर्णय गर्ने बताएको छ ।

क्यान सचिव पारस खड्काले सन्दीपलाई हुने कैद सजायपछि मात्र उनी राष्ट्रिय टीममा रहने/नरहनेबारे औपचारिक धारणा सार्वजनिक हुने बताए । जिल्ला अदालत काठमाडौंले बलात्कारमा दोषी ठहर्‍याएको थियो । पुस २५ गते सन्दीपमाथि हुने कैद सजाय सुनाउँदैछ । उनको सजाय निर्धारण भने भइसकेको छैन । पुस २५ गते काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने छ ।

‘हाम्रो लयरले सन्दीपको लयरसँग कुराकानी गर्दा क्यानले अहिले अफिसियल स्टेटमेन्ट निकाल्नुभन्दा पहिला उनीमाथी हुने कैद सजाय के कति हुन्छ भन्ने भएपछि मात्र म र अध्यक्षबीच कुरा हुँदा औपचारिक स्टेटमेन्ट दिने कुरा भएको छ’, पारसले भने ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्