Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिमान चालक सम्राट शाहको प्रमाणपत्र नक्कली, विशेष अदालतमा मुद्दा

बिहीबार, पुस १९, २०८०

काठमाडौंबिमान चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भएको छानबिन प्रतिवेदनसहित विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहविरुद्ध छानबिन सकी विशेष अदालतमा विहीबार मुद्दा दायर गरेको हो।

नेपाल वायु सेवा निगममा १० फागुन २०७१ सालदेखि जुनियर क्याप्टेन पदमा नियुक्त भई आठौं तहको विमानल चालकमा बढुवा भई शाह कार्यरत थिए।

उनीविरुद्ध अख्तियारमा उजुरी परेपछि छानबिन गरिएको थियो। शाहले भारतको सेकेन्डरी एजुकेशन काउन्सिल उत्तर प्रदेश अन्तर्गत भीएसजे इन्टर कलेज साराहरी गोरखपुरबाट प्रमाणपत्र तहको प्रभाइभेट परिक्षा २००३ मा दिएको भन्ने झुठा विवरण पेश गरेको आरोप छ।

अख्तियारका अनुसार बिमान चालकको हैसियतमा लाभ लिई भ्रष्टाचार निमारण ऐन २०५९ को दफा १६ को उपदफा () बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले शाहलाई सजाय माग गरी आरोपपत्र दायर गरिएको छ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्