Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

बिहीबार, पुस १९, २०८०

काठमाडौँ– नेकपा (एमाले)ले सचिवालय बैठक भोलि शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ । 

राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका  प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । 

यसैबीच, पार्टीअध्यक्ष केपी शर्मा ओलीले आज अपराह्न  प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेको  उनले बताए ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  २०:५३
प्रतिक्रिया दिनुहोस्