ईपीएस कोरिया शाखाको निर्देशकमा मैयाँ कँडेल नियुक्त
काठमाडौँ- रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा कार्यालयको निर्देशकमा मैयाँ कँडेल नियुक्त भएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कँडेललाई ईपीएसको निर्देशकमा नियुक्त गरेको हो ।
यसअघि ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका गुरुदत्त सुवेदीलाई पुस १३ गते भएको बालकुमारी घटनापछि सरकारले जिम्मेवारीबाट हटाएको थियो ।
त्यसयता ईपीएसमा निर्देशक पद खाली थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८० १४:४५
प्रतिक्रिया दिनुहोस्