मकवानपुरमा ४ किलो गाँजासहित २ जना पक्राउ
मकवानपुर- मकवानपुरमा करिब ४ किलो गाँजासहित २ जना पक्राउ परेका छन् ।
हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट करिब ४ किलो गाँजासहित २ जनालाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत मोतिहारी बस्ने ३७ वर्षीय जितेन्द्र जैसवाल र ३७ वर्षीय मनोज कुमार रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना।४ ख ५९२२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई शरीरमा लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८० १९:२६
प्रतिक्रिया दिनुहोस्