Nic Ad Nic Ad
Nic Ad Nic Ad

बरहथवा घटना : अझै उठेन मृतकको शव, भोलिसम्म निषेधाज्ञा

शनिबार, पुस २१, २०८०

काठमाडाैं - सर्लाहीको बरहथवामा कर्फ्यु हटाएर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। बरहथवा नगरपालिकाको अस्पताल स्तरोन्नतिको विषयलाई लिएर शुक्रबार भएको झडपमा एक जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आज बिहान ८ बजे सम्मका लागि नगरक्षेत्रको चार किल्ला तोकेर कर्फ्यु जारी गरेका थिए।

शनिबार सूचना जारी गर्दै सम्भावित जोखिम नटरेको उल्लेख गर्दै प्रशासनले आज बिहान ८ बजेदेखि भोलि बिहान ९ बजेसम्मका लागि सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। त्यस अवधिमा  सो क्षेत्रमा कुनैपनि किसिमका भेला, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको प्रजिअ धमलाले जानकारी दिए।

कर्फ्यु हटेपछि पनि स्थिति सामान्य बन्ने नदेखिएपछि निषेधाज्ञा जारी गरिएको प्रजिअ धमलाले जानकारी दिए।   बरहथवा नगरपालिकाको अस्पताल स्तरोन्नतिको विषयलाई लिएर शुक्रबार भएको झडपमा एक जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आज बिहान ८ बजे सम्मका लागि नगरक्षेत्रको चार किल्ला तोकेर कर्फ्यु जारी गरेका थिए।

प्रहरीको गोली लागेर मारिएका सर्लाहीको बरहथवा–६ का जयशंकर साहको शव अहिले पनि घटनास्थलमै छ। स्थानीयवासी शव घेरा हालेर रातभर घटनास्थलमै बसेको प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्