सत्ता गठबन्धनमा राष्ट्रियसभाको सिट बाँडफाँट टुंगियो, कुन दललाई कति सिट ?
काठमाडौं- सत्ता गठबन्धनभित्र राष्ट्रियसभा सदस्यको १९ सिटमा भागबण्डा टुंगो लगाएका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो ।
नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाउने तय भएको छ ।
गत शनिबार राति अबेरसम्म बसेको गठबन्धनको बैठकमा पनि यसैगरी सिट बाँडफाँट गर्ने छलफल भएको थियो । तर एकीकृत समाजवादीले तीन सिटमा दाबी गरेपछि आज बिहान पुनः गठबन्धनको बैठक बसेको थियो ।
क्लष्टरको विषय भने टुंगिन बाँकी छ । केही घण्टाभित्रै त्यो टुंगो लाग्ने नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८० १२:१०
प्रतिक्रिया दिनुहोस्