नेभिगेशन
सुरक्षा–अपराध

विमानस्थलबाट ब्रा र पेन्टीमा लुकाएर ल्याइएको सुन बरामद, एक महिला पक्राउ

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिलाले १३ सय ग्राम सुन लुकाई छिपाई ल्याउने क्रममा बरामद गरिएको छ। विमानस्थल सुरक्षा निकायले ति श्रीलंकाली महिलालाई नियन्त्रणमा लिएको छ। 

फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७३ बाट गएराति बजे काठमाडौँ आएकी ५४ वर्षीया श्रीलङ्काली नागरिक कान्थी माथी कावस्करले ब्रा पेन्टीमा सुन बेरेर लुकाएर विमानस्थल कटाउन खोजेकी थिइन्।

८१५१३८५ नम्बरको राहदानी बाहक कावस्करले ब्राभित्र प्लाष्टिकले बेरेको अर्धठोस पाँच सय ग्राम पेन्टीभित्र आठ सय ग्राम सुन गरी कुल एक किलो तीन सय ग्राम सुन बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ।

महिलालाई नियन्त्रणमा लिएर अनुसन्धानको काम जारी राखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध