Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रियसभा निर्वाचन : एमालेले बाग्मती प्रदेशमा टुँग्यायो उम्मेद्वार (नामसहित)

आइतबार, पुस २२, २०८०

काठडमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बागमती प्रदेशमा राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाएको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि एमालेले बाग्मती प्रदेशमा रोचकुमारी चौलागाईं (दोलखा), विवेक देवकोटा (काठमाडौंं), ध्रुव विश्वकर्मा (धादिङ) र त्रिलोचन पौडेल (चितवन) को नाम टुंगो लगाएको छ ।

गत शुक्रबार बसेको एमाले सचिवालय बैठकले राष्ट्रियसभाका १९ वटै सिटमा उम्मेद्वार दिने निर्णय गरेको थियो । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा सत्ता गठबन्धनसँग सहकार्यको लागि छलफलसमेत गरेका थिए । 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्