Nic Ad Nic Ad
Nic Ad Nic Ad

केकमा गाँजा मिसाएर बेच्ने युवक पक्राउ

आइतबार, पुस २२, २०८०

काठमाडौं- केकमा लागुऔषध गाँजा मिसाएर बिक्री–वितरण गर्ने गरेको पाइएको छ ।

samridhi jewllers

गाँजा राखेको केक अनलाइनमार्फत ग्राहकले मागेको ठाउँसम्म पुर्‍याइने गरेको हो । उक्त कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२९, घट्टेकुलोका २६ वर्षीय विशन मानन्धर छन् । गत शुक्रबार उनलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।

उनले इन्स्टाग्राम, फेसबुकलगायत सामाजिक सञ्जालको प्रयोग गरी केकमा गाँजा मिसाएर बिक्री–वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । उनले लागुऔषध मुफिन समेत प्रयोग गरेर केक बनाउने गरेको पाइएको छ ।

मानन्धरको घरबाट प्रहरीले करिब २०० ग्राम गाँजा र डिजिटल तराजु समेत बरामद गरेको छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्