कोशी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ताले लिए पद तथा गोपनियताको शपथ
विराटनगर– कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त रुपेश कोइरालाले पद तथा गोपनियताको शपथ लिएका छन् ।
आइतवार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका मुख्यन्यायाधिस रमेश प्रसाद राजभण्डारीले नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री केदार कार्र्की, मंत्रीहरु तथा उच्च पदस्थ कर्मचारीहरु र कानुन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
मुख्यमन्त्री केदार कार्र्कीको सिफारिशमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले मुख्य न्यायाधिवक्तामा अधिवक्ता कोइरालालाई नियुक्त गरेका थिए ।
अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकार समेत हुन् ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८० १८:२६
प्रतिक्रिया दिनुहोस्