Nic Ad Nic Ad
Nic Ad Nic Ad
बरहथवा घटना

बरहथवा घटना : आन्दोलनरत स्थानीयसँग ११ बुँदे सहमति

आइतबार, पुस २२, २०८०

सर्लाही–  सर्लाहीको बरहथवा घटना विषयमा आन्दोलनरत स्थानीयसँग ११ बुँदे सहमति भएको छ । 

बरहथवामा एक जनाको मृत्यु भएको विषयमा आइतबार पुनः तनाव उत्पन्न भएपछि अस्पताल स्तरोन्नति गर्नुपर्ने आन्दोलनरत्त पक्ष, मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार बरहथवामा बसेको छलफलबाट छानविन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने सहितको ११ बुँदे सहमति भएको हो । सहमतिसँगै आन्दोलनरत्त स्थानीयले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । 

आज बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटवालको घरमा आन्दोलनरत स्थानीयले ढुंगामुढा गर्दै प्रहरी कार्यालयमा समेत आक्रमण गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन आठ सेल अश्रुग्यास हानेको छ। साथै, स्थानीय प्रशासनले सोमबार विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ ।  

११ बुँदे सहमति भएसँगै गत शुक्रबार मारिएका स्थानीय युवा व्यवसायी जयशंकर साहको शव पनि तीन दिन पश्चात मुचुल्का गरी उठाउन लागेको प्रहरीले जनाएको छ । 

गत शुक्रवार बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको विषयलाई लिएर प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा प्रहरीको गोली लागेर बरहथवा–६ का युवा जयशंकर साहको मृत्यु भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्