नेभिगेशन
समाचार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक

राष्ट्रियसभामा भागबन्डा नमिलेपछि बैठक छाडेर हिंडे डा.शेखर

काठमाडौँ– राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार टुंगो लगाउन बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट नेता डा. शेखर कोइराला भने बाहिरिएका छन् । 

सत्ता गठबन्धनमा भएको भागबन्डामा पाएको १० मध्ये ४ सिट आफ्नो समूहले नपाउने भएपछि  पार्टी कार्यालय, सानेपामा जारी बैठकबाट नेता डा. कोइराला बाहिरिएका हुन् । 

बैठकमा सहभागी एकजनाले दिएको जानकारी अनुसार डा. शेखर–गगन थापा समूहले ४ सिट आफ्नो समूहले पाउनुपर्नेको मागमा  सभापति शेरबहादुर देउवाले तीन सिट लिन भनेका छन् ।  यसअघि डा. शेखर–गगन थापा समूहले चार सिट नपाए उमेदवारी नदिने निर्णय गरेको थियो । 

“१० सिट नदिए पार्टी मिलाउन सक्दिनँ भनेर गठबन्धनमा सहमति गर्ने र सिट लिने । अनि हामीले मागेको चार सिट दिन्न भन्न मिल्दैन,” बैठकमा सहभागी नेता बलबहादुर केसीले भने, “सोही कुरा कार्यसम्पादन बैठकमा राख्छौँ । चार सिट नपाए हामी उमेदवारी दिने प्रक्रिया अघि बढाउदैनौँ ।”

११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार उम्मेदवार मनोनयनको कार्यतालिका छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार