Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवनमा बोरामा भेटिएका दुई शवको डेढ महिना पछि पहिचान

सोमबार, पुस २३, २०८०

काठमाडौँ- चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भएको छ ।

samridhi jewllers

गत मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन् । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको चितवन प्रहरीले जनाएको छ ।

चितवनभन्दा बाहिर हत्यापछि भरतपुरमा ल्याएर शव फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्