Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय सभा निर्वाचन : काेशीमा एमालेको उम्मेदवारी दर्ता

सोमबार, पुस २३, २०८०

विराटनगर- राष्ट्रियसभा निर्वाचनका लागि एमालेले कोशी प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गराएको छ ।

एमालेले कोशीको अन्य क्लस्टरमा भोजपुरका परशुराम अधिकारी र महिला क्लस्टरमा सुनसरीकी रुक्मिणी कोइरालाको उम्मेदवारी दर्ता गराएको हो।

अधिकारीको प्रस्तावकमा प्रदेश सांसद सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी बसेका छन्। यसैगरी कोइरालाको प्रस्तावकमा रामप्रसाद महतो र समर्थकमा शिला दिक्षीत कार्की छन्।

माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदै छ । यसका लागि आज मनाेनयन दर्ता भइरहेकाे छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्