कर्णालीमा गठबन्धनका उम्मेदवारले गराए मनोनयन दर्ता
सुर्खेत- माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
यहाँ तीन वटा सिटमा हुने निर्वाचन अन्तर्गत कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको भागमा एक/एक सिट परेको छ ।
सोमबार कांग्रेसबाट रुकुमका कृष्णबहादुर रोकाया, समाजवादीबाट दैलेखकी सावित्री मल्ल र माओवादीबाट कालीकोटका विष्णु विकले उम्मेदवार दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता कार्यक्रमका सम्बन्धित पार्टीका प्रदेश अध्यक्ष लगायतका नेता, कार्यकर्ताहरु पुगेका थिए ।
प्रकाशित मिति: सोमबार, पुस २३, २०८० १६:०१
प्रतिक्रिया दिनुहोस्