Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज २०८० साल पुस २४ गते मंगलवार,यस्तो छ तपाईको राशिफल

मंगलबार, पुस २४, २०८०

काठमाडौं - मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ला । सामाजिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तो लाभ नमिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रचनात्मक कार्यबाट अरुको मनजित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । कृषि क्षेत्रमा बढी प्रगति होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अध्ययन क्षेत्र कमजोर हुनसक्छ । माया प्रेम तथा पति पत्नी बीचमा अरुको नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्नसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाइनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफन्त सँगको सम्बन्धमा मजबुती आउनेछ । सेवामूलक कामको थालनी हुनसक्छ । शुभकार्यमा सरिक हुने योग पनि रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभहानी, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज परिवारसँग रमाइलो भेटघाट हुनेछ । प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा सामान्य सफलता मिल्नेछ । दक्षिणा पनि हात पर्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज श्रमको उचित मूल्याङ्कन होला । शुभ कार्य, कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्य व्यवसायमा बढी सफलता मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आँटेको कार्यबाट सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्ला, तर खानपिन र स्वास्थ्य प्रति सावधानी रहन आवश्यक छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०६:४१
प्रतिक्रिया दिनुहोस्