Nic Ad Nic Ad
Nic Ad Nic Ad

किस्ताबन्दीमा बक्यौता बुझाउन ३० दिनभित्र आवेदन दिन प्राधिकरणकाे निर्देशन

मंगलबार, पुस २४, २०८०

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिनका लागि ३० दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

निर्णय अनुसार प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिनेछ ।

यो सेवा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन सूचना जारी गरेको छ ।

यही पुस १६ गतेको प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो ।

patra-1704766205.jpg

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्