दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर उनले राजीनामा बुझाएका हुन् ।
खनालमाथि प्राधिकरणले गर्ने विभिन्न खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा मन्त्रालय, अख्तियार र संसदीय समितिले छानबिन गरिरहेका छन् । एमडीएमएस, टेरामक्सलगायतका अर्बौंका परियोजनामा भ्रष्टाचार गरेकोमा छानबिन भइरहेको बेला उनले राजीनामा बुझाएका हुन् ।
खनाल ९ साउन २०७६मा प्राधिकरणको अध्यक्ष भएका थिए ।
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८० १३:३१
प्रतिक्रिया दिनुहोस्