Nic Ad Nic Ad
Nic Ad Nic Ad

पञ्चेश्वर जलविद्युत् परियोजनाको ‘ब्रेक थ्रु’ केही दिनमै हुन्छ : प्रधानमन्त्री

बुधबार, पुस २५, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चेश्वर जलविद्युत् परियोजनाको ‘ब्रेक थ्रु’ केही दिनमै हुने दाबी गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले भने, “मलाई विश्वास छ, आउने केही दिनभित्र पञ्चेश्वरको ब्रेक थ्रु हुन्छ । त्यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पर्छ ।”

आफ्नो भारत भ्रमण र केही दिनअघि भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई मजबुत बनाएको उनले बताए । १० हजार मेगावाट विद्युत् भारतले किन्ने सम्झौता लागु भएको भन्दै उनले पञ्चेश्वर अन्तिम चरणमा पुगेको बताए । यो परियोजना दुवै देशको राष्ट्रहीतमा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्