Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल–भारत सम्झौता

संसदीय समितिले सरकारसँग माग्यो भारतसँग भएको सम्झौताको पूर्ण विवरण

बुधबार, पुस २५, २०८०

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन, न्याय तथा मानवअधिकार समितिले भारतसँग भएको सम्झौताको सम्पूर्ण विवरण मागेको छ ।

बुधवार बसेको समितिको बैठकले छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर सम्झौताबारे प्रस्ट पार्न लगाएको थियो ।

बैठकपछि समितिले गत पुस १९ गते भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा भएको सम्झौताको सम्पूर्ण विवरण ७ दिनभित्र समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । 

यस्तै नेपाल सन्धि ऐन अनुसार नेपाल सरकार पक्ष भई विभिन्न वा ती मुलुकका सरकारी सङ्घ सङ्गठनसँग गरेका सम्झौता, त्यसको अवस्था, सम्झौताको मिति, अनुमोदन गरेका र गर्न बाँकी रहेका सम्झौताको विवरण उपलब्ध गराउन कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्