नेभिगेशन
समाज विविध

चितवनमा गोहीले टाेक्दा एक जना पुरूष घाइते

चितवन - चितवनको खैरहनी नगरपालिकामा गोहीले टोकेर एक जना घाइते भएका छन् ।

खैरहनी नगरपालिका–११ पटिहानीका ३६ वर्षीय बसन्त दराई हिजो राति ८ बजे घर नजिकैको खोला तर्ने क्रममा अचानक गोहीले टोक्दा घाइते भएका हुन् ।

गोहीले उनको दुवै खुट्टामा टोकेको र उनको अवस्था मध्यम रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध