Nic Ad Nic Ad
Nic Ad Nic Ad

रामबहादुर बमजनलाई जिल्ला अदालत सर्लाही लगियो

बिहीबार, पुस २६, २०८०

काठमाडौँ- तपश्वी रामबहादुर बमजनलाई जिल्ला अदालत सर्लाहीमा लगिएको छ।

samridhi jewllers

बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले बमजनलाई म्याद थप गर्नको लागि अदालतमा लगिएको हो।

सर्लाहीकी रिता बोटेलाई बेपत्ता बनाएको आरोप उनीमाथि छ। बमजनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले मंगलबार राति साढे ७ बजे बुढानीलकण्ठ नगरपालिका-६ हात्तिगौडास्थित उनको घरबाट पक्राउ गरेको थियो।

लामो समयदेखि फरार रहेका बमजनलाई सिआइबीका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले मंगलबार पक्राउ गरेको हो।

उनलाई बिहीबार सिआइबीले सार्वजनिक गरेको थियो। बुधवार नै हवाई माध्यम मार्फत लग्ने प्रयास प्रहरीको थियो। तर टिकट नपाएपछि स्थलमार्गमार्फत राति सर्लाही पुर्‍याइएको थियो।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्