Nic Ad Nic Ad
Nic Ad Nic Ad

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनु हुन्न : प्रधानमन्त्री

बिहीबार, पुस २६, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् ।  

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीको छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि सेवामा गुणस्तरीय र सुलभ हुनुपर्ने बताए । 

वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, “बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले  गुनासो गर्ने अवस्था आउनु भएन ।” वीर अस्पतालले परम्परागत तवरले भन्दा पनि जनताले अनुभूत गर्ने गरी आफ्ना सेवा उपलब्ध गराउनुपर्नेमा प्रधानमन्त्रीको जोड । 

कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिलाए । 

छलफलमा न्याम्सका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउँदै वीर अस्पताललाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्