Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘गौशाला २६’ भन्दै युवतीको तस्बिर सार्वजनिक गर्ने सापकोटा रास्वपाबाट बर्खास्त, ५ बर्ष हुनसक्छ जेल

बिहीबार, पुस २६, २०८०

काठमाडौं– सन्दीप लामिछाने प्रकरणकी पीडित ‘गौशाला २६’ भन्दै सामाजिक सञ्जालमा युवतीको तस्बिर सार्वजनिक गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता दिवस सापकोटालाई बर्खास्त गरिएको छ। 

सापकोटालाई चितवनवासी हुन्। उनी रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्य पनि हुन्। सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नभएका कारण उनलाई बर्खास्त गरिएको रास्वपाले जनाएको छ।

सामाजिक सञ्जालमा राखिएको तस्बिर कसको हो भन्ने अहिलेसम्म पनि पहिचान खुलीसकेको छैन। तर, यदि गौशाला २६ को पहिचान खुलाउने काममा कोही लागे त्यसलाई कानुनसम्मत ५ बर्षसम्म जेल सजाय हुने प्रावधान रहेको छ।

पीडितको पहिचान सार्वजनिक गर्नेलाई अपराध पीडित ऐन, गोपनीयतासम्बन्धी ऐन र विद्युतीय अपराधसम्बन्धी विभिन्न दफाअनुसार कैद सजाय हुने व्यवस्था छ। 

अपराध पीडित संरक्षण ऐनको दफा ६ मा बलात्कार मानव बेचबिखन, यौन दुर्व्यवहारका घटनाका पीडितको पहिचान कुनै पनि माध्यमबाट खुलाउन नपाइने उल्लेख छ। 

गोपनीयतासम्बन्धी ऐन २०७४ को दफा ३ को उपदफा ४ मा कुनै पनि व्यक्तिको जीवनमा असर पुग्ने, आघात पुग्ने गरी लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनै पनि प्रकारले सार्वजनिक गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख छ। सर्वोच्च अदालतले पनि गोपनियता कायम गर्नुपर्ने पीडितको परिचय खुलाउन नपाइने फैसाल गरेको थियो। 
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्