Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्मचारीको स्वार्थका कारण ईयूको हवाई प्रतिबन्ध लम्बियो : अध्यक्ष तिमिल्सिना

बिहीबार, पुस २६, २०८०

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्मचारीको स्वार्थका कारण युरोपियन युनियन (ईयू)ले नेपाल माथि लगाएको हवाई प्रतिबन्ध खुला हुन नसकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले केहि कर्मचारी र पार्टीको स्वार्थका कारण नागरिक उड्डयन ऐन अघि बढ्न नसकेको र जसका कारण हवाई प्रतिबन्ध खुला हुन नसकेको बताएका हुन् ।

नागरिक उड्डयनको नियमक र सेवाप्रदायक छुट्टै बनाउने कानूनमा कर्मचारीले विरोध गर्दा तत्कालिन अवस्थामा मन्त्री र प्रधानमन्त्री कानून ल्याउनबाट पछि हटेको उनले तर्क गरे । उनले अहिले पनि यसअघिको नागरिक उड्डयन ऐनलाई अघि बढाउन सके दुईहप्तामा पास हुन सक्ने धारणा राखे । आफुहरुले युरोपिएन युनियनका पदाधिकारीसंग यस बिषयमा कुरा राखेपनि मुलुकमा भने सरोकारवालाले अग्रसरता लिन नसकेको गुनासो गरे ।

उनले स्वार्थका आधारमा देश चलाउदा बेथिति बाहेक केहि नहुने जिकिर गरे । इमान्दारीपूर्वक लागे देश बनाउन कुनै समस्या नरहेको उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्