Nic Ad Nic Ad
Nic Ad Nic Ad

फिनल्यान्डले रुससँगको सीमा बन्दको अवधि बढायो

बिहीबार, पुस २६, २०८०

हेलसिन्की– फिनल्यान्ड सरकारले रुससँगको आफ्नो सीमा बन्दको अवधिलाई बढाएको बिहीबार बताएको छ ।

फिनल्यान्डले रुसबाट आप्रवासीहरूको आवागमन बढ्न थालेपछि सीमा बन्द गरेको थियो । हेलसिन्कीले आप्रवासीहरूको बढ्दो आवागमनलाई रुसी हाइब्रिड हमला भनेको छ । 

नर्डिक मुलुक फिनल्यान्डले अगस्टपछि आफ्नो पूर्वी सीमा नाकाबाट करिब एक हजार आप्रवासीहरू बिना भिसा आएपछि डिसेम्बर मध्यसम्मका लागि सीमा बन्द गरेको थियो । 

सरकारले विज्ञप्तिमा भनेको छ, “फिनल्यान्ड र रुसबिच भूमि सीमामा सीमा पार गर्ने विन्दुहरू सन् २०२४ फेब्रुअरी ११ सम्म बन्द रहने सरकारले निर्णय गरेको छ ।” फिनल्यान्डले रुससँग एक हजार तीन सय ४० किलोमिटर सीमा साझा गर्दछ । 

युक्रेनमाथि आक्रमणपछि फिनल्यान्डसँग उसको पूर्वी छिमेकी मुलुकको सम्बन्ध चिसिएको छ । अप्रिलमा फिनल्यान्ड नाटोमा सामेल भएपछि मस्कोले सैन्य असंलग्नताको आफ्नो दशकौँ पुरानो नीतिलाई उल्ट्याउँदै ‘जवाफी कदम’ उठाउने चेतावनी दिएको छ । 

फिनल्यान्डले नोभेम्बरको अन्त्यसम्म बाँकी चार सीमा बन्द गर्नुअघि सोही महिनामा रुससँगको आफ्नो आठ सीमामध्ये चारलाई बन्द गरेको थियो । यद्यपि हेलसिन्कीले त्यतिबेला आंशिकरूपमा बन्दलाई खुकुलो पारेको भए पनि डिसेम्बर १४ मा पूरै सीमालाई एकपटक पुनः बन्द गरेको छ । 

बिहीबार सरकारले दोहोर्याउँदै भनेको छ, “रुसी अधिकारी वा अन्य कलाकारले साधनयुक्त बसाइँसराइलाई सहयोग गरिरहेका छन् भन्ने स्पष्ट छ ।” सरकारले यसलाई फिनल्यान्डको राष्ट्रिय सुरक्षा र सार्वजनिक व्यवस्थाका लागि गम्भीर खतरा भनेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  २०:३८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार