सुपर कपको फाइनलमा बार्सिलोना, उपाधिका लागि रियल म्याड्रिडसँग भिड्ने
काठमाडौँ - बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार बिहान साउदी अरेबियाको रियादमा भएको खेलमा ओसासुनालाई २-० गोल अन्तरले हराउँदै बार्सिलोनाले फाइनलमा रियल मड्रिडसँगको भेट पक्का गरेको हो ।
बार्सिलोनाका लागि रोबर्ट लोवान्डोस्की र लामाइन यमलले एक-एक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५९औँ मिनेटमा लेवान्डोस्कीले बार्सिलोनाका लागि सुरुवाती गोल गरेका थिए ।
त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा यमलले गोल गर्दै बार्सिलोनालाई २-० गोलको जित दिलाए ।
सुपर कपको उपाधिका लागि बार्सिलोना र रियल मड्रिडबीचको भिडन्त आइतबार हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८० ०८:५७
प्रतिक्रिया दिनुहोस्