Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट राप्रपाका थापाले लिए उम्मेदवारी फिर्ता

शुक्रबार, पुस २७, २०८०

लुम्बिनी- राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको अन्यमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निरन्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

लुम्बिनीमा सात जनाको उम्मेदवारी दर्ता भएको थियो । थापाले उम्मेदवारी फिर्ता लिएपछि ६ जनाको उम्मेदवारी कायम भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्