नेभिगेशन
समाचार

नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्षमा रञ्जिता श्रेष्ठ मनोनित

धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो बैठकले विधान संशोधन गर्दै संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ ।

टीकापुरमा आज सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।

नव निर्वाचित अध्यक्ष चौधरीले  श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णयको पत्र  पठाइएको जानकारी दिए । उनका अनुसार आजको बैठकले दुई जना महासचिव हुने व्यवस्था समेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार