Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कप : पुलिस, मधेश र लुम्बिनी प्रदेशकोे बिजयी सुरुवात

शनिबार, पुस २८, २०८०

काठमाडौँ– शनिबारबाट सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लव, मधेश प्रदेश र लुम्बिनी प्रदेशले बिजयी सुरुवात गरेका छन् । 

त्रिवि खेल मैदान किर्तिपुरमा भएको खेलमा पुलिसले बागमति प्रदेश, मधेशले कोशी र लुम्बिनीले गण्डकीलाई पराजित गरेको हो । 

पुलिस क्लवले बागमति प्रदेशलाई ६८ रनले पराजित गर्दै बिजयी सुरुवात गर्यो । जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको बागमती ४२.३ ओभरमा २ सय १४ रनमा अल आउट भयो । बागमतीका लागि आषुतोश घिरैयाले ९२ रनको योगदान दिएपनि जिताउन सकेनन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो । पुलिसको जितमा राशिद खानले १ सय ६ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।

TU-Cricket-Stedium-Nepal-1705153758.jpg

त्यस्तै मुलपानी क्रिकेट मैदानमा कोशी प्रदेशलाई ७ विकेटले हराउँदै मधेश प्रदेशले बिजयी सुरुवात गर्यो । कोशीले दिएको १२८ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभर १ बालमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।  मधेश लागि अनिल कुमार शाहले ८८ रनको अर्धशतकीय पारी खेले । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोशीले ४१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।

त्यस्तै प्रतियोगीता अन्तर्गत शनिबार सिद्धार्थ रंगशाला भैरहवामा भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गर्यो  । जितको लागि १ सय १२ रनको सामान्य लक्ष्य लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीको जितमा मिर्नल गुरुङले ४७ रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३४.४ ओभरमा १ सय ११ रनमा अल आउट भयो ।

पहिलो पटक राउण्ड रोविन लिग फम्र्याटमा सुरु प्रतियोगीतामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी छन् । 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्