अभ्यास खेलमा नेपालले स्कटल्याण्डलाई सात विकेटले हरायो
काठमाडौँ - नेपालले आईसीसी १९ वर्षमुनिको विश्वकप अघिको अभ्यास खेलमा स्कटल्यान्डलाई सात विकेटले हराएको छ । नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा जितेको हो ।
जितका लागि १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभर १ बलमा तीन विकेट गुमाएर ९९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । यसअघि भएकाे अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई १ सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।
नेपालले अन्तिम अभ्यास खेल पर्सि मङ्गलवार वेस्ट इन्डिजसँग खेल्नेछ । जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म हुने विश्व कपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।
प्रकाशित मिति: आइतबार, पुस २९, २०८० ०७:१४
प्रतिक्रिया दिनुहोस्