Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

आइतबार, पुस २९, २०८०

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुन तोलामा एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।


तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । यसदिन चाँदी तोलामा एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्