Nic Ad Nic Ad
Nic Ad Nic Ad

आलमविरुद्धको मुद्धा स्थगित सूचीमा

आइतबार, पुस २९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा परेको छ । फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो ।

samridhi jewllers

रौतहट जिल्ला अदालतमा पुष २९ गते आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भएपनि गोला नतानिएपछि स्थगितमा परेको हो । न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको हो । जिल्ला अदालतमा ७र ७ न्यायाधीशको दरबन्दी रहेपनि हाल केवल २ न्यायाधीश मात्रै उपस्थित भएका थिए ।

रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको बम बिस्फोटका घटनामा संलग्न भन्दै प्रहरीले मोहम्मद अफताब आलम, शेख सेराज भन्ने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहम्मद महताब आलम, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारविरुद्ध मुद्दा चलाएको थियो ।

आलमविरुद्ध विस २०७६ कात्तिक १८ गते मुद्धा दर्ता भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्