Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री कपमा सन्दीप जोराले बनाए शतक

आइतबार, पुस २९, २०८०

काठमाडौं- प्रधानमन्त्री कप क्रिकेटमा नेपाल एपीएफ क्लबका सन्दीप जोराले शतक बनाएका छन् ।

आइतबार त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्धको खेलमा उनले १०३ बलमा १०१ रन बनाएका हुन् । उनले ५ छक्का र ६ चौकाको मद्दतमा शतक बनाएका हुन् ।

जोराको शतकमा एपिएफले ९ विकेटको क्षतिमा २४१ रन जोडेकाे छ।

टस जितेर बागमतीले फिल्डिङ रोजेपछि एपीएफले ब्याटिङ गरेको थियो । यस क्रममा पनरद्वय प्रज्जल शाही १० रन र आसिफ शेख १५ रनमा आउट भए। यस्तै कप्तान रोहित पौडेल २ रनमा रिजन ढकालको एलबिडब्लूको धरापमा परे।

४१ रन बनाउँदा ५ विकेट गुमाएपछि पाँचौ नम्बरमा आएका सन्दीपले एपिएफलाई धैर्यताका साथ अघि बढाएका थिए।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्