Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कप : एपीएफ र कर्णालीको विजयी सुरुवात 

आइतबार, पुस २९, २०८०

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । 

टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै एपीएफ क्लबले विजयी सुरुवात गरेको हो । 

जितको लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १ सय ५२ रनमा अल आउट भयो । बागमतीका कप्तान रित गौतमले सर्वाधिक ६६ रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो । एपीएफको जितमा सन्दीप जोराले गर्दै १ सय १२ रनको शतकीय इनिङ खेले ।

त्यस्तै, आइतबार नै भएको अर्को खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदानमा जितको लागि १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले ३३.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । 

कर्णालीको जितमा हिमान्शुसर्वाधिक ५३ रनको योगदान दिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ४५ ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । पहिलो पटक राउण्ड रोविन लिग फर्म्याटमा सुरु प्रतियोगीतामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी छन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्