Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपर्युक्त वातावरण बने १० वर्षमा १० हजार मेगावट विद्युत उत्पादन सम्भव छ : उर्जा व्यवसायी

आइतबार, पुस २९, २०८०

काठमाडौँ– उर्जा व्यवसायीहरुले सरकारले निजी क्षेत्रलाई उपर्युक्त वातावरण बनाइदिए १० वर्षमा १० हजार मेगावट विद्युत उत्पादन सम्भव रहेको बताएका छन् । 

आइतबार काठमाडौँमा आयोजित साक्षात्कारमा उनीहरुले नेपालको जलविद्युत क्षेत्रमा गरिएको लगानी सुरक्षित गर्न सकिने १० वर्षमा १० हजार विद्युत उत्पादन सम्भव रहेको बताएका हुन् । 

साक्षात्कारमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले देश विकास र समृद्धिको पहिलो आधार जलस्रोतनै रहेको बताए । नेपालमा जलस्रोतका अपार सम्भावना रहेको र छिमेकी देश भारत र बंगलादेशमा बजार रहेको डाँगीले बताए । उनले निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा गरिएको लगानी सुरक्षित छ भन्ने सुनिश्चित गर्न सकेको खण्डमा यो सम्भव रहेको धारणा राखे । सरकारले निजी क्षेत्रलाई वातावरण बनाइदिएको खण्डमा लक्ष्य पूरा हुने उनले बताए । अहिले पिपिएको पखाइमा रहेका र पिपिए भएका आयोजना २२÷२३ हजार मेगावाट विद्युत आयोजना निजी क्षेत्रसँग रहेको उनको भनाई छ ।

त्यस्तै, उर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले राज्य विकासका लागि र जनताको दुःखमा संवेदनशील बन्न नसकेको टिप्पणी गरे । भारतसँगको विद्युत व्यापार सम्झौता नेपालको समृद्धि र विकासका लागि महत्वपूर्ण रहेको र यसमा नीजि क्षेत्रलाई पनि प्रोत्साहन गर्नुपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्