Nic Ad Nic Ad
Nic Ad Nic Ad

सडक दुर्घटनाको त्रुटि पत्ता लगाउन मन्त्रालयद्वारा कार्यदल गठन

आइतबार, पुस २९, २०८०

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । 

सडक दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति हुन थालेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रुटिहरू पत्ता लगाउन पाँच सदस्सीय कार्यदल गठन गरेका हुन् ।

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रुबहाक बस शुक्रबार राति दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए। यसबीचमा थानकोट९चित्लाङमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो। त्यसैगरी शनिबार बाग्लुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो ।

दुई दिनभित्र १९ जनाको ज्यान गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौतिक तथा प्राविधिक त्रुटि पत्ता लगाउन कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ । 

सडक दुर्घटनाका त्रुटि र कमजोरी पत्ता लगाउन मन्त्रालयका पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा पाँच सदस्सीय कार्यदल गठन भएको हो । 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २०:५५
प्रतिक्रिया दिनुहोस्