नेभिगेशन
समाचार

यस्तो छ नेताहरूलाई राष्ट्रपति पौडेलको ‘लन्च’ सुझाव

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा नेताहरूलाई बोलाएर बिहानको खाना (लन्च) खुवाएका छन्। मकर संक्रान्तिको अवसर पारेर राष्ट्रपति पौडेलले शितल निवासमा बोलाएका नेतालाई संविधान कार्यान्वयनमा ढिलाई भएको पनि गुनासो गरेका छन्। 

चाँडो कार्यान्वयन गर्नका लागि सुझाव दिएका पौडेलले नेताहरूलाई यस्तो भनेका थिए–

म यहाँ आएपछि देशी विदेशी निकायका प्रतिनिधिहरूसँग मैले भेटेको छु । ती सबैले नेपालको अहिलेको संविधानलाई मुक्तकण्ठले स्वागत गरेका छन् । यसले तल्लोभन्दा तल्लो वर्गलाई दिएको अधिकार महिला, दलित, अल्पसङ्ख्यक, पिछडिएका दुर्गमवासी र गाउँका जनतालाई जो अधिकार प्रदान गरिएको छ यो बेजोड छ ।

यतिको संविधान दक्षिण एसिया या दुनियाँका मुलुकमा कमै होला । यति धेरै तल्लो तहका जनताले अधिकार पाएको संविधान भनेर सबैले अत्यन्त प्रशंसा गरेका छन् । र, अब यसलाई कार्यान्वयनमा ल्याउने कुराको आवश्यकता छ । व्यवहारमा ल्याउनुप¥यो । संविधानले जो पिछडिएका र उत्पीडित वर्गलाई, उपेक्षित वर्गलाई जे अधिकार दिएको छ त्यो सार्थक हुनुप¥यो । त्यसलाई हामीले व्यवहारमा उतार्नका लागि कानुनहरू बनाउनुपर्नेछ । 

तपाईंहरू संसद्का मित्रहरू सबैले विशेष गरी ध्यान दिनुपर्ने विषय संविधानले जे परिकल्पना ग¥यो,त्यसलाई कानुनद्वारा व्यवस्थित गर्ने आवश्यकता छ । ती कानुनहरूको निर्माण छिटोभन्दा छिटो हुन जरुरी छ भन्ने मलाई लागिरहेको छ । मेरो तपाइहरू सवैलाई अनुरोध, शुभकामना र आग्रह पनि – कि संविधान कार्यान्वयनमा जाऊ । जनताले जे पाइन्छ भन्ने आशा गरेका छन्, आशालाई निराशामा परिणत नगरौँ । 

देशमा निराशा र इत्यादि कुराहरू आएका छन्–त्यो संविधान कार्यान्वयनको कमीले हो । अव पछाडि फर्कन कोही जनता चाहँदैनन् । मैले नेपाली जनताको पनि चाहाना र भावना बुझेको छु । विदेशबाट आएकाहरूको मात्र होइन देशभित्रका जनताको अगाडि बढ्ने चाहना छ । अगाडि बढ्ने हो र संविधान कार्यान्वयन गर्ने हो । र देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्ने हो । 

आज हामीले यही अठोट गर्नुपर्छ कि समावेशी लोकतन्त्र साकार पारेर छाड्छौ । आज म माघीको दिनमा यो पर्व सबै नेपालीको भइसक्यो अव । सबै नेपालीले मनाउँदै आएको र हामीले पनि सानैदेखि माघे सङ्क्रान्तिमा खिचडी र घिउ चाकु खाने चलन गाउँघरको पहिलादेखिकै हो । त्यसो भएकाले आज यो नेपालीहरूकै विशेष मौलिक पर्वमा तपाइहरू सबैलाई हार्दिक शुभकामना दिन्छु ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार