Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

सोमबार, माघ १, २०८०

काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ। सोमबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले कोशीमाथि ६ विकेटको जित हात निकालेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले १३६ रनको सामान्य लक्ष्य दिएको थियो । उक्त लक्ष्य एपीएफको १९.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

एपीएफका लागि कप्तान रोहित पौडेलले ८० रनको अर्धशतकीय पारी खेले । उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै ओपनर प्रज्वल शाहीले २२ रन बनाए । अर्का ओपनर आशिफ शेख ४ रनमा आउट भए । पुरन विक १ रनमा एलबीडब्ल्यु भए । सुमित महर्जन २० र सन्दीप जोरा २ रनमा अविजित रहे ।

टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ४४.३ ओभरमा १३५ रनमा अलआउट भएको थियो ।

कोशीका लागि फिदोर अन्सारीले ५५ रनको अर्धशतकीय पारी खेले । कप्तान अंकित १३ रनमा क्याच आउट हुँदा, सोनु अन्सारीले २० रन बनाए । आशिष भट्टराई १० र सोनु मण्डलले ११ त्यसअघि रन बनाए । अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्