Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्रधानमन्त्री कप क्रिकेट

प्रधानमन्त्री कप : त्रिभुवन आर्मीको विजयी सुरुवात 

सोमबार, माघ १, २०८०

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा सोमबार मधेश प्रदेशलाई १ सय २६ रनले पराजित गर्दै आर्मी क्लबले विजयी सुरुवात गरेको हो । 

जितको लागि ३ सय २१ रनको लक्ष्य पछ्याएको मधेश ४८.४ ओभर खेल्दा १ सय ९४ रनमा अल आउट भयो । मधेशका लागि पवन सरार्फले सर्वाधिक ६५ रन बनाए । त्यसअघि टियु टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा अलआउट हुँदै ३ सय २० रन बनाएको थियो । आर्मीका लागि विनोद भण्डारीले १ सय १३ रनको शतकीय इनिङ खेले ।

त्यस्तै कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै नेपाल एपीएफ क्लब लगातार दोस्राे जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा जितको लागि १ सय ३६ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफको जितमा कप्तान रोहित पौडेलले ८० रनको इनिङ खेले । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४४.३ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो । कोशीको लागि फिर्दोस अन्सारीले सर्वाधिक ५५ रनको योगदान दिए । एपीएफका रोहित पौडेलले ३ विकेट लिए ।

त्यस्तै, सोमबार नै भैरहवास्थीत सिद्धार्थ रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेकाे छ ।

जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी ४८.४ ओभरमा १ सय ५८ रनमा अल आउट भएको थियो ।  

पहिलो पटक राउण्ड रोविन लिग फम्र्याटमा सुरु प्रतियोगीतामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी छन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्