Nic Ad Nic Ad
Nic Ad Nic Ad

आजको मौसम : हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मंगलबार, माघ २, २०८०

काठमाडौँ - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै हाल बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।
आज 
राति कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०६:५२
प्रतिक्रिया दिनुहोस्