Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री कप क्रिकेट : पुलिसविरुद्ध सुजन थपलियाको शतक

मंगलबार, माघ २, २०८०

काठमाडौं- कोशी प्रदेशका सुजन थपलियाले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा शतक पूरा गरेका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुजनले ११९ बलमा शतक पूरा गरेका हुन् । सो क्रममा उनले ५ चौका र ८ छक्का प्रहार गरे ।

थपलियाले शतक पूरा गरेपछि  कोशीले ४३.५ ओभरमा ७ विकेटको क्षतिमा १५६ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्