नेभिगेशन
सुरक्षा–अपराध
फरार हत्यारा

२१ बर्षपछि सीआईबीले समात्यो पत्नी हत्यारा, ज्यान जाला प्रहरीले छाड्दैन

काठमाडौं– आफ्नी पत्नीको हत्या गरी २१ बर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।

२०५९ साल फागुन २८ गते सूर्यबहादुर दवाडीले अंशसम्बन्धी विवादमा पत्नी सानुमाया दवाडीलाई कुटपिट गर्दै घाँटीमा नाम्लोले कसेर हत्या गरेका थिए ।

धादिङको तत्कालिन मैदी–९ हाल ज्वालामुदी गाउँपालिका १ का सूर्यबहादुरले पत्नी सानुमायाको हत्यापश्चात सदगद समेत गरेका थिए । जिल्ला अदालत धादिङले २०६१ जेठ ५ गते सर्वस्वसहित जन्मकैद सुनाएपछि उनी फरार थिए ।

सर्वोच्च अदालतले जिल्ला अदालतको फैसला सदर गर्दा सूर्यबहादुर फरार भई भारतका विभिन्न स्थानमा लुकेर बसेका थिए । उनी नेपाल प्रवेश गरेको भन्ने सूचनाका आधारमा सीआईबीले रुपन्देहीको सद्धार्थनगर–१ बेहलियाबाट सोमबार पक्राउ गरी थप कारबाहीका लागि जिल्ला अदालत धादिङ पठाएको छ ।

हत्या गरेको र फैसला भएको लामो समयपछि पक्राउ नपर्ने ठानेर सूर्यबहादुर नेपाल छिरेका थिए । तर, प्रहरीको खोजी सूचीमा रहेका ७० बर्षीय उनलाई सीआईबीले कानुनी कारबाहीका लागि पठाइसकेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ